नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा
नेपाल टेलिभिजन र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच मिति २०७७ भाद्र ३० गते कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धी सम्झौता भएको छ । विभाग र नेपाल टेलिभिजनबीचको यो पहिलो सहकार्य र सम्झौता हो ।
नेपाल टेलिभिजनमा भएको “भूमि प्रशासनमा प्रविधि र सुशासन” नामक कार्यक्रम महिनाको तेस्रो शुक्रबार प्रसारण हुने गरी सम्झौता भएको हो । कार्यक्रम सूचना, सन्देश र जानकारी मूलक हुने छ ।
सम्झौता पत्रमा नेपाल टेलिभिजनका तर्फबाट महाप्रवन्धक गोविन्द रोका र विभागका तर्फबाट महानिर्देशक शेषनारायण पौडेलले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा विभागका महानिर्देशक पौडेलले विभाग मातहतका कार्यालयहरु प्रविधिमैत्री बन्दै गएको र यी कार्यालयहरुबाट सर्वसाधारणलाई सहजै सेवा उपलब्ध गराइएको बताउनुभयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले नागरिकका प्रत्यक्ष सरोकार जोडिएका कार्यालयले ल्याएका सुधारको योजनाले मुलुकमै शुसासन स्थापित गराउन सहज हुने धारणा राख्नुभएको थियो ।
यसैगरी, कार्यक्रममा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले नेपाल टेलिभिजनको पहूँच ७६ प्रतिशत जनसंख्यामा पुगिससकेको र अब प्रविधि र प्रशारणको विकासमा निरन्तर लागिरहेको बताउनुभयो ।
“भूमि प्रशासनमा प्रविधि र सुशासन” कार्यक्रम तालिका
वार : प्रत्येक महिनाको तेश्रो शुक्रबार
समय : साँझ ६ बजे देखी ६ :२५ बजे सम्म
प्रमुख मालपोत अधिकृत

हिक्मतजंग शाही
मालपोत अधिकृत (सूचना अधिकारी)

जनक बहादुर हमाल
एक्सटेनसन:
मोवाईल नं.: 9848210916
ईमेल: janakhamal24@gmail.com
नायब सुब्बा

कृष्ण प्रसाद देवकाेटा
कम्प्यूटर अपरेटर

गणेश वि.क.
लेखापाल

राज बहादुर हमाल
समाचार
- सूचनाहरु पूरा पढ्नुहोस्
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- न्यूनतम मुल्यांकन पुस्तीका २०७७/०७८ पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्